गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

दमौली अस्पताल

गण्डकी प्रदेश, तनहुँ , नेपाल

न्यूनतम सेवा मापदण्ड



२०८०/०१/१३ गतेका दिन  दमौली अस्पतालमा भएको ११औँ न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ९२% प्राप्त भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा दमौली अस्पताल, तनहुँको आयोजनामा न्यूनतम सेवा मापदण्ड कार्यक्रम अन्तर्गत एघारौ फलोअप सम्पन्न भएको छ ।  कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यकछको  अध्यकछतामा सम्पन्न भएको हो। सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोग सेवाको सबै पक्छहरु राम्रो अबस्थामा  रहेको छ ।  यस  आ.ब. को अस्पतालको दोस्रो मूल्यांकनमा ९२ % अंक प्राप्त भएको छ।   पछिल्लो मूल्याङ्कनमा अस्पतालले 91% स्कोर गरेको थियो। कार्यक्रममा श्रोत्ब्यक्तिको रुपमा बेनी अस्पताल, म्याग्दीको मेसु डाक्टर शंकर लामिछाने, लम्जुङ्ग जिल्ला अस्पतालका मेसु डाक्टर रमेश आचार्य, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको उर्मिला बरालको उपस्थितिमा सम्पन्न भएको थियो।

Download: न्यूनतम सेवा मापदण्ड