गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रदेश अस्पताल

दमौली, तनहूँ , नेपाल

हाम्रो बारेमा


गण्डकी प्रदेश तनहूँ जिल्ला व्यास नगरपालिका, वडा नं. ३ मा स्थित प्रदेश अस्पताल दमौली गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक स्वास्थ्य सेवा प्रदायक संस्था हो । यो अस्पताल यस जिल्ला वरिपरिका अन्य अस्पतालहरुको रेफरल अस्पतालको रुपमा पनि रहेको छ ।

१५ रोपनी  क्षेत्रफलमा  फैलिएको दमौली अस्पतालले स्थानिय समुदायका सेवाग्राहीहरुलाई न्युन शुल्क, आशिंक वा पूर्ण शुल्क छुटमा उपचारात्मक, प्रतिकारात्मक, प्रवद्र्धनात्मक, पुनस्र्थापनात्मक र प्रशामक स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । यस अस्पतालले विशेषज्ञ डाक्टरको उपलब्धता तथा गुणस्तरीय सेवा प्रवाहका कारण जिल्लाको प्रमुख तथा जिम्मेवार स्वास्थ्य संस्थाको रुपमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाको प्रेषण केन्द्रको रुपमा समेत कार्य गर्दछ ।

तनहूँ जिल्लामा वि.स. २०२८ सालमा दमौली स्वास्थ्य चौकीको रुपमा स्थापना भई तनहूँको सदरमुकाम दमौली र वरपरका गाउँवस्तीहरुमा सेवा दिदै आएको थियो । वि.सं. २०५० पौष महिनामा दमौली स्वास्थ्य चौकी बाट दमौली प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नती भएको थियो भने, २०५९ सालमा दमौली प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको दमौली अस्पतालको रुपमा पुनः स्तरोन्नती भयो । यस अस्पताल तनहूँ जिल्लाको केन्द्रविन्दु, व्यास नगर पालिकाको प्रशासनिक केन्द्र दमौली बजारमा भएको, नेपालको व्यस्त पृथ्वीराजमार्गमा पर्ने यस अस्पतालमा सेवाग्राहीहरुको वढ्दो संख्याको आधारमा अस्पताल व्यवस्थापन समितिले ३५ शैया थप गरी कुल ५५ शैयाको अस्पताल हाल संचालनमा रहेको छ । यो अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम तयार भएको नयाँ भवनबाट वि.सं. २०७२ देखी सेवा संचालन हुंदै आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको यस दमौली अस्पताल संघिय संरचना अनुसार हाल गण्प्रडकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश मातहतमा रहेको छ । यस अस्पताल पृथ्वी राजमार्गबाट २५० मिटरको दुरीमा अवस्थित छ ।

यस अस्पतालले तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही क्षेत्रका करिब ,००,००० जनसंख्यालाई सेवा प्रदान गर्दछ। अस्पतालले दन्त सेवा, आँखा उपचार सेवा, अर्थोपेडिक सेवा, स्त्री रोग सेवा, बाल चिकित्सा सेवा, छाला रोग सेवासामाजिक सेवा इकाई, एन्टि-रेट्रोभाइरल थेरापी (एआरटी), (प्रत्यक्ष रूपमा अवलोकन गरिएको थेरापी (डॉट्स), एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), मातृ शिशु स्वास्थ्य (MCH), सुरक्षित मातृत्व, 24 घण्टा ईमरजेन्सी  रेड क्रस सोसाइटीको समन्वयमा  रगत सेवा र  यसले डायलासिस सेवा पनि प्रदान गर्दछ। अस्पतालले कोभिड १९ को शुरुवातमा ७ शैयाको आईसीयू सुविधा र ४ शैयाको भेन्टिलेटर  सुविधाको व्यवस्था गरेको थियो।यस अस्पातालले  विशेष हेरचाह सहित ओपीडी सेवाहरू प्रदान गर्दछ। 

हाल यस अस्पतालले दैनिक सर्जरी, मेडिसिन र बालरोग सम्बन्धि विशेषज्ञ सेवा, हप्तामा तिन दिन मंगल, विहि र शनिवार रेडियोलोजी (भिडियो एक्सरे) सेवा, अपरेसन सेवा हप्तामा एक दिन मंगलबार, एनेस्थेसियोलोजी सेवा, हप्तामा एक दिन मंगलवार, हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवा हप्तामा एक दिन मंगलवार र मृगौला जाँच सम्बन्धि विशेषज्ञ सेवा महिनाको चौथो शनिवार प्रदान गर्दै आएको छ । यस अस्पतालले सर्जरी, मेडिसिन र बालरोग विशेषज्ञहरुबाट सशुल्क विस्तारित ओपिडी सेवा समेत प्रदान गर्दै आएको छ ।